काठमाडौं, पुस ५ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सन्तोष कोइराला पुनः नियुक्त हुनुभएको छ ।
आज बसेको बैंक सञ्चालक समिति बैठकले सिइओ कोइरालालाई अर्को कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतमा निरन्तरता दिने निर्णय गरेको हो ।
बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा लामो अनुभव बटुल्नु भएका प्रमुख कार्यकारी अधिकृत कोइराला करियरको छोटो समयमै उल्लेख्य प्रगति हासिल गर्न सफल बैंकरको रूपमा परिचित हुनुहुन्छ ।
युवा बैंकर कोइरालाले नेतृत्व लिएपछि माछापुच्छ्रे बैंकले निकै प्रगति गरेको आधारमा सिइओमा निरन्तरता दिइएको हो ।













प्रतिक्रिया दिनुहोस्