सर्लाही, पुस २० । प्रहरीको अत्याधिक बल प्रयोगबाट सर्लाहीमा एक युवकको मृत्यू भएको छ । प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा सर्लाहीको बरहथवामा एक जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा बरहथवा नगरपालिका वडा–६ का ३२ वर्षीय जयशंकर साह रहेको सर्लाही प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपेन्द्र पंजियारका अनुसार ’प्रदर्शनको क्रममा जयशंकर साहको मृत्यु भएको खुलेको छ । तर, के कारण मृत्यु भएको हो एकिन भएको छैन ।
नगर अस्पताललाई प्रादेशिक अस्पताल बनाउने विषयमा बरहथवा नगरपालिकाका कार्यालय अगाडि शुक्रबार प्रदर्शन भएको हो ।प्रदर्शनकारीले ढुंगामुढा गर्न थालेपछि प्रहरीले १३ राउन्ड हवाई फायर गरेको थियो ।
भीडलाई नियन्त्रणमा लिन १९ राउन्ड अश्रुग्यास समेत प्रहार भएको प्रहरीले जनाएको छ । प्रदर्शनकारीले भने साहको गोली लागेर मत्यु भएको बताएका छन ।













प्रतिक्रिया दिनुहोस्