काठमाडौं, पुस २० । नेकपा एमालेले ६ जना नेतालाई केन्द्रीय कमिटी सदस्यमा मनोनीत गरेको छ ।
आज बसेको केन्द्रीय सचिवालय बैठकले प्रदेश अध्यक्षबाट बाहिरिएकानेताहरुसहित ६ जना नेतालाई केन्द्रीय सदस्य मनोनीत गरेको हो ।
महासचिव शंकर पोखरेलले बैठकपछि दिनुभएको जानकारी अनुसार बैठकले तुल्सीप्रसाद न्यौपाने, रामअवतार यादव, केशवराज पाण्डे, बिनोद शाह र दामोदार भण्डारीलाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।
यस्तै बैठकले झापा जिल्ला अध्यक्ष दिपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरेको छ । मनोनीतमध्ये कार्कीबाहेक प्रदेश अध्यक्षको जिम्मेवारीमा हुनुहुन्थ्यो । महासचिव पोखरेलले प्रदेश नेतृत्वमा रहेका ५ जना र लामो समय झापा जिल्ला अध्यक्षको जिम्मेवारीमा रहेका एक जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्