काठमाडौं, २३ पुस । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । नेप्सेमा ‘एचआरएल’ संकेतमा यसको नियमित सेयर कारोबार हुनेछ । आज प्रि–ओपन सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९.२० रुपैयाँमा सुरु भएको हो ।
नेप्सेले यसको पहिलो कारोबारका लागि प्रतिकित्ता १०३.०७ रुपैयाँदेखि ३०९।२१ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । उक्त रेन्जको अधिकतम विन्दुबाट कम्पनीको सेयर कारोबार खुला भएको हो । हिमालयनको चुक्ता पुँजीका आधारमा कायम १० करोड कित्ता सेयर आइतबार सूचीकरण भएको हो ।













प्रतिक्रिया दिनुहोस्