कैलाली, पुस २७ । नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा रेशम चौधरीको एकल उम्मेदवारी परेको छ । टीकापुरमा जारी महाधिवेशनमा अध्यक्षमा चौधरीको एकल उम्मेदवारी परेको निवर्तमान केन्द्रीय सदस्य गणेश चौधरीले जानकारी दिनुभयो ।
टीकापुर घटनामा दोषी ठहर भएपछि चौधरी पार्टीको संरक्षक हुनुहुन्थ्यो । संबिधान दिवसको अवसर पारेर गत जेठमा मन्त्रिपरिषद् बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीलाई आममाफी दिनुभएको हो ।
आममाफी पाएपछि राजनीतिमा सक्रिय चौधरी अव नागरिक उन्मुक्ति पार्टीको अध्यक्ष बन्ने पक्का भएको हो । यसअघि पार्टीको अध्यक्षमा रेशमपत्नी रञ्जीता श्रेष्ठ रहनुभएको थियो ।
अध्यक्षमा चौधरीको एकल उम्मेदवारी परे पनि महासचिवमा आधा दर्जन बढी आकांक्षी देखिएका छन । अहिलेसम्म पत्रकार ठाकुरसिंह थारु, धर्म थारु र गंगा थारुले महासचिवका लागि उम्मेदवारी दिनुभएको छ । अन्य पनि आकांक्षी रहेका छन ।













प्रतिक्रिया दिनुहोस्