बागलुङ, माघ ४ । बागलुङमा मेडिकल ब्यवसायी दुर्गा प्रसाईँमाथि मुक्का प्रहार भएको छ ।
‘नेपालीहरूको मुक्तिको लागि अन्तिम लडाइँ’ कार्यक्रमको लागि बागलुङ आउनु भएका प्रसाईँमाथि बागलुङ नगरपालिका–७ का ३७ वर्षीय रामकान्त गौतमले मुक्का प्रहार गर्नुभएको हो ।
कार्यक्रमका लागि प्रसाईँ मञ्चमा उक्लने क्रममा गौतमले मुक्का प्रहार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । प्रहरीले गौतमलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्