काठमाडौं, माघ १२ । चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री सुन हेयान नेतृत्वको प्रतिनिधि मण्डल नेपाल आइपुगेको छ । बंगलादेश हुँदै उक्त प्रतिनिधि मण्डल नेपाल आइपुगेका हुन् ।
माल्दिभ्स हुँदै मंगलबार बंगलादेश पुगेकी हेयानले त्यहाँका प्रधानमन्त्री शेख हसिनासँग भेटघाट गर्नुभएको थियो । त्यसअघि उहाँले गत सोमवार माल्दिभ्समा पुगेर त्यहाँ राष्ट्रपति मोहम्मद म्यैजुसँग भेटघाटका साथै विभिन्न सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
ढाकाको भ्रमण सकेर उपमन्त्री हेयान नेतृत्वको टोली नेपाल आइपुगेको हो । नेपालमा उहाँले राष्ट्रपति, प्रधानमन्त्रीदेखि विभिन्न दलका शीर्ष नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । केही समययता चिनियाँ उच्चस्तरीय टोलीको नेपाल भ्रमण बाक्लिदै गएको छ ।













प्रतिक्रिया दिनुहोस्