जनता टाइम्स

२३ माघ २०८०, मंगलवार ०८:१८

कांग्रेस केन्द्रीय सदस्य बुढाथोकीको निधन


बिराटनगर, माघ २३ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकीको निधन भएको छ ।

झापाको अर्जुनधारा नगरपालिका वडा नम्बर ८ निवासी बुढाथोकीको विराटनगरस्थित विराट नर्सिङ होममा उपचारको क्रममा निधन भएको नेपाली कांग्रेसका कोशी प्रदेश सभापति उद्धव थापाले जानकारी दिनुभयो ।

स्वर्गीय थापाले २०७३ सालमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा सामान्य प्रशासन मन्त्रीको जिम्मेवारी बहन गर्नुभएको थियो ।उहाँ एक हप्ता अगाडिदेखि निमोनियाको समस्याले ग्रस्त हुनुहुन्थ्यो ।