दाङ, ४ फागुन । दाङमा गोली हानेर माहिलस प्रहरीको हत्या भएको छ ।
घोराहीको दामोदर चोकमा डिउटीमा रहेका महिला प्रहरीको गोली हानेर हत्या गरिएको हो । वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापालाई उनकै श्रीमान प्रहीरी हवल्दार यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानाएको छ ।
गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई लमही अर्जुनखोलाबाट पक्राउ गरेको दाङ प्रहरी प्रमुख राम बहदुर केसीले जानकारी दिनुभयो । झाक्री नेपालगञ्ज तालिम केन्द्रमा कार्यरत प्रहरी रहेको बुझिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहतीले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्