जनता टाइम्स

६ फाल्गुन २०८०, आईतवार २३:३२

महिला ट्वाइलेटमा अश्लील हर्कत गरेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ


साथीहरुसँग मापसे गरेपछि रेष्टुरेन्टको महिला ट्वाइलेटमा अश्लील हर्कत गरेको आरोपमा सशस्त्रका डिएसपी पक्राउ परेका हुन 

काठमाडौं, फागुन ६ । सशस्त्र प्रहरी बलका प्रहरी नायव उपरीक्षक (डीएसपी तुलसिंह केसीलाई प्रहरीले पक्राउ गरेका छ । पोखरास्थित नम्बर–४ बाहिनी मा कार्यरत केसीलाई आइतवार राती स्वयम्भूबाट पक्राउ गरिएको हो ।

डिएसपी केसीमाथि अश्लील हर्कत गरेको जाहेरी परेपछि आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । डिएसपी केसीलाई प्रहरी वृत स्वयम्भूमा हिरासतमा राखिएको छ । स्वयम्भुका प्रमुख डिएसपी पुर्णिमा चन्दका अनुसार केसीले स्वयम्भुस्थित न्यु इभान पोइन्ट रेष्टुरेन्टमा अश्लील हर्कत गरेको आरोपमा उजुरी परेपछि पक्राउ गरिएको हो ।

प्रहरीका अनुसार सशस्त्र डीएसपी केसी शनिबार दिउँसो उक्त रेष्टुरेन्टमा खाजा खान जानुभएको थियो । साथीहरुसँग बसेर मदिरा सेवन गरेपछि केसीले रेष्टुरेन्टको महिला ट्वाइलेट भित्रको फोटो र भिडियो खिचेका आरोप छ ।

साथीहरू पर्खने बहानामा केसीले ट्वाइलेट पसेकी युवतीको पछाडिको भाग देखिने गरी मोबाइलमा फोटो खिचेको र सो कामविरुद्ध उक्त युवती प्रहरी वृत स्वयम्भूमा जाहेरी दिएको प्रहरीले जनाएको छ । युवतीको सोही जाहेरीका आधारमा केसीलाई पक्राउ गरिएको हो ।