जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार ०७:०८

सुखानी स्मृति दिवस मनाउँदै एमाले


काठमाडौं, २१ फागुन । नेकपा एमाले र उसका भातृ संगठनहरुले आज सुखानी स्मृति दिवस मनाउँदै छन् । आज झापाको सुखानीमा नेकपा एमालेले श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेको छ ।

वि.स. २०२९ साल फागुन २१ गते झापाको चन्द्रगढीबाट इलाम जेल सार्ने नाममा तत्कालीन झापा विद्रोहका पाँचजना नेताहरु रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी र नारायण श्रेष्ठलाई तत्कालीन सरकारले सुखानीको जंगलमा हत्या गरेको थियो । सोही दिनको सम्झनामा झापा विद्रोहबाट उदाएको एमालेले सुखानी स्मृति दिवस मनाउने गरेको छ ।

तत्कालीन एमाले र माओवादी एकतापछि नेकपा बन्दा पनि नेता(कार्यकर्ताहरुले सुखानी स्मृति दिवस मनाएका थिए ।