जनता टाइम्स

२१ फाल्गुन २०८०, सोमबार ०९:३५

एमाले बैठक चलिरहदा बालकोट आइपुगे जनमतका अध्यक्ष सिके राउत


भक्तपुर, फागुन २१। नेकपा एमालेको सचिवालय बैठक जारी रहँदा जनमत पार्टीका अध्यक्ष सीके राउत अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोट आइपुग्नु भएको छ ।

एमालेको सचिवालय बैठक सकेर अध्यक्ष केपी शर्मा ओली र राउतबीच छलफल भइरहेको छ ।

दुई दलका नेताहरुबीच अब कसरी अगाडि बढ्नेबारे छलफल भइरहेको बताइएको छ । सत्ता गठबन्धनमा संकट आएपछि दलका नेताहरु भेटघाटलाई तीब्र बनाएका हुन ।