जनता टाइम्स

३० फाल्गुन २०८०, बुधबार ००:१८

एमाले मन्त्रीहरूलाई अध्यक्ष ओलीले सुनाए कठोर निर्णय, बटमलाइन तोकेर दिए ५ कडा निर्देशन


काठमाडौं, फागुन ३० । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुलाई कडा निर्देशन दिनुभएको छ । बुधवार बसेको संसदीय दलको बैठकमा अध्यक्ष ओलीले बटमलाइन सुनाउँदै ५ कडा निर्देशन दिनुभएको हो ।

अध्यक्ष ओलीले पार्टीका मन्त्रीहरुलाई अपारदर्शी र भ्रष्ट क्रियाकलाप नगर्न र त्यस्ता क्रियाकलाप अरुबाट भए पनि अनदेखा नगर्न निर्देशन दिनुभयो । भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश बनाउने अभियानमा एमाले प्रष्ट मिसनका साथ अघि बढेको भन्दै अध्यक्ष ओलीले कुनै पनि मन्त्री इमानमा चुकेको पाइए तत्कालै कार्वाही हुने चेतावनी दिनुभयो ।

’हाम्रा मन्त्रीहरुले अपारदर्शी र भ्रष्ट क्रियाकलाप बिल्कुलै गर्नुहुँदैन, त्यस्तो नहोस । अरु कसैले गर्छ भने पनि हामी सहँदैनौं,’ मन्त्रीहरुलाई निर्देशन दिँदै अध्यक्ष ओलीले भन्नुभयो । उहाँले इमानका साथ काम गर्नुपर्नेमा जोड दिँदै थप्नुभयो, ‘भ्रष्टाचारमुक्त र सुशासनयुक्त देश बनाउनुपर्छ, स्वच्छता र पारदर्शीता हुनुपर्छ ।’ पदीय दायित्वलाई उपयोगी तरिकाले समयको महत्व बुझेर काम गर्न र अन्धाधुन्ध हिँडेर दिन काट्ने मात्र नगर्न पनि अध्यक्ष ओलीले मन्त्रीहरुलाई निर्देशन दिनुभएको छ ।

’हामीले एक दिनको मूख्यमन्त्री भने जस्तो फिल्म बनाउँदै छैनौं, फिल्ममा एकछिनमा चमत्कार हुन्छ, तर हामीले समाज परिर्वतन गर्दैछौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ’फिल्ममा देखाउने चटक यहाँ काम लाग्दैन, मन्त्रीहरुले त्यस्तो चकट देखाउँदै हिडने होइन, अव चटक होइन कामबाट परिणाम देखाउनु पर्छ ।’

यस्तै अध्यक्ष ओलीले फिल्ममा देखाउने चटक सरकारमा काम नलाग्ने भन्दै बिगतमा मन्त्रीहरुले देखाउने गरेको चटक नदेखाउन पनि सचेत गराउनु भयो ।

’हामीले एक दिनको मूख्यमन्त्री भने जस्तो फिल्म बनाउँदै छैनौं, फिल्ममा एकछिनमा चमत्कार हुन्छ, तर हामीले समाज परिर्वतन गर्दैछौं,’ अध्यक्ष ओलीले भन्नुभयो, ’फिल्ममा देखाउने चटक यहाँ काम लाग्दैन, मन्त्रीहरुले त्यस्तो चकट देखाउँदै हिडने होइन, अव चटक होइन कामबाट परिणाम देखाउनु पर्छ ।’

उहाँले हरेक समय सजग, सचेत र सक्रिय भएर काम गर्न पनि मन्त्रीहरुलाई निर्देशन दिनुभयो । यस्तै देशलाई माया गर्न कँही कतै चुक्न नहुनेमा पनि अध्यक्ष ओलीले जोड दिनुभयो । ’हामी गलत क्रियाकलाप गर्दैनौं, झुटको सहारा लिँदैनौं, झुटको सहारा, झुटा मुद्दा यस्ता क्रियाकलापमा जाँदैनौं, सही काम गर्छाैं,’ अध्यक्ष ओलीले भन्नुभयो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको बतएमान सरकारमा एमालेबाट सचिव रघुबीर महासेठले नेतृत्व गर्नुभएको छ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सम्हाल्नुभएका महासेठसहित भगवती चौधरी, राजेन्द्र राई, ज्वालाकुमारी शाह, पदम गिरी, दामोदार भण्डारी, हरिप्रसाद उप्रेती, र बलराम अधिकारी सरकारमा सहभागी हुनुहुन्छ ।