जनता टाइम्स

३ चैत्र २०८०, शनिबार २३:१८

भोजपुरको हतुवागढीमा भएको आगलागीमा जलेर एकै परिवारका तीन बालबालिकाको मृत्यु


भोजपुर, चैत ३ । भोजपुरको हतुवागढी ७ पिप्लेमा शनिबार आगलागी हुँदा एकाघरका तीन बालबालिकाको मृत्यु भएको छ ।

स्थानीय केदार कार्कीको गोठमा दिउँसो आगलागी हुँदा त्यहाँ खेलिरहेका एकै परिवारका ७ वर्षीया दिपशिखा कार्की, ५ वर्षीय प्रनिश कार्की र ३ वर्षीय दियुनिष कार्कीको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक बालबालिका केदार र उहाँका भाइ रमेश कार्कीका छोराछोरी हुन ।

यसैबीच शनिबार नै भोजपुरकै टक्सार बजारमा आगलागी हुँदा ७ घर र १० गोठ जलेको प्रहरीले बताएको छ ।