गणेश बस्नेत

२९ चैत्र २०८०, बिहीबार ०९:१७

दूधकोसीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु


काठमाडौं, २९ चैत्र । भोजपुरको आमचौक गाउँपालिका–१० स्थितमा दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेर २ जनाको मृत्यु भएको छ ।बुधबार दिउँसो १ बजे आमचोक–६ देवानटारका २० वर्षीय सुदिप दर्जी र १८ वर्षीय अजय राई दूधकोसी नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।दुई जना डुबेको खबर पाएपछि इलाका प्रहरी कार्यालय घोडेटारबाट प्रहरीको टोली घटनास्थल पुगेको थियो । दुवै जना मृतकको शव पोष्टमार्टमका लागि धरान घोपा पठाइएको प्रहरीले जनाएको छ ।