जनता टाइम्स

९ जेष्ठ २०८१, बुधबार ११:३१

कति पुग्यो आज सुनचाँदीको मुल्य ?


काठमाडौं, ९ जेठ । नेपाली बजारमा आज सुनको मुल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य १०० रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ४० हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ८०० रुपैयाँमा कारोबार भैइरहेको छ ।

यसअघि मंगलबार सुन तोलामा १ लाख ४० हजार ६०० सय र तेजाबी सुनको मूल्य तोलामा १ लाख ३९ हजार ९०० रुपैयाँ थियो । त्यसैगरी आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार चाँदीको तोलामा १५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य तोलामा १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।