काठमाडौं, जेठ १९ । नेपाल प्रहरीका ४ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले ४ जना एसपीलाई एसएसपीमा बढुवाका लागि सिफारिस गरेको हो ।
बढुवा समितिका सदस्य सचिव भीम ढकालका अनुसार एसपी रविन्द्र रेग्मी, श्यामकृष्ण अधिकारी, भीम बहादुर दाहाल र नान्तीराम गुरुङ एसएसपीमा बढुवाका लागि सिफारिश हुनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्