ताप्लेजुङ, जेठ ३२ । ताप्लेजुङमा गएराती आएको पहिरोले पुरिएर एकै परिवारको चार जनाको मृत्यू भएको छ ।
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–२ खेजिनिममा गए राति पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको हो । पहिरोमा परी दुई जना घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फक्ताङलुङ गाउँपालिका–२ का वडाध्यक्ष भूपेन्द्र चौलागाईँका अनुसार पहिरोमा पुरिएर फक्ताङलुङ गाउँपालिका–२ खेजिनिमका ६९ वर्षीय रामबहादुर लिम्बू, उहाँकी श्रीमती जसमाय र लिम्बू दम्पतीका छोरीहरू नौ वर्षीया गङ्गा र जमुनाको मृत्यु भएको हो । लिम्बुको घर बगाउनुको साथै ५० वटा बाख्रा र ५० वटा कुखुरा मरेका छन ।
यसैगरी ४० वर्षीया युगेन लिम्बू र उहाँकी तीन वर्षीय छोरी घाइते भएका छन् । उहाँहरुको घर पनि पहिरोले बगाएको छ ।
गत बुधबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढीले फक्ताङलुङ गाउँपालिका क्षेत्रमा ६ वटा पुल बगाएको छ । पुल बगेपछि यातायातका साधन सञ्चालनमा समेत समस्या भएको छ ।
प्रतिक्रिया दिनुहोस्