जनता टाइम्स

६ असार २०८१, बिहीबार १३:५१

रक्षासचिव नै बिदेसी एजेण्ट बनेपछि


काठमाडौं, असार ६ । रक्षासचिव किरणराज शर्माको पद धरापमा परेसँगै जेल यात्रातर्फ उन्मुख भएको छ । सरकारी पदमै रहँदा विदेशको (स्थायी आवासीय अनुमपतिपत्र) पिआर लिएको पुष्टि भएपछि शर्मामाथि भ्रष्टाचार मुद्दा समेत आकर्षित भएको छ ।

सचिव शर्मा स्वयंले विगतमा आफूसँग अमेरिकाको पिआर रहेको विषय स्वीकारेका छन् । तर, संविधान र भ्रष्टाचार सम्बन्धि कानूनले त्यसलाई त्यसलाई गैरकानुनी भनेको छ । जसकारण शर्मामाथि तत्कालै अख्तियारले बयान लिएर मुद्दा चलाउन सक्ने अवस्था देखिएको छ ।

संविधानको धारा २९१ मा विदेशको स्थायी आवासीय अनुमति भएको कर्मचारी सरकारी सेवामा अयोग्य हुने उल्लेख छ । त्यस्तै, भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ पनि शर्माको हकमा आकर्षित हुन्छ । उक्त दफामा कुनै राष्ट्रसेवक कर्मचारीले झुटा विवरण पेश गरेमा ६ महिनादेखि एक वर्षसम्म कैद र १० हजारदेखि २० हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान छ । साथै विशिष्ट श्रेणीको कर्मचारीको हकमा ५० प्रतिशत थप सजाय हुन्छ ।

सचिव शर्माले सरकारी सेवामै रहँदा पिआर लिएको र छैन भनेर झुटो विवरण पेश गरेको प्रमाणित भइसकेको छ । जस्को कारण आधारमा शर्मालाई अब पदमा बस्न अयोग्य भएका छन । अझ रक्षा जस्तो संवेदनशील मन्त्रालयमा रहेका सचिवको विदेशी पिआर रहेको पुष्टि भएपछि उनीमाथि बर्खास्त गरेर सिधै जेल पठाउनु पर्ने कर्मचारीहरुकै माग छ । शर्मा दुई वर्षदेखि निरन्तर रक्षा सचिवको रुपमा कायरत छन ।