पोर्चुगल, असार १२ । प्रवासी नेपाली मञ्च (ओएनएफ) पोर्चुगलको अध्यक्षमा दिपक खत्री निर्वाचित हुनुभएको छ ।
लिस्बनमा मंगलवार (जुन २५) सम्पन्न छैटौं छैटौं राष्ट्रिय अधिवेशनले खत्रीलाई सर्वसम्मत रुपमा अध्यक्ष निर्वाचित गरेको हो । प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले उपाध्यक्षमा समन शर्मा चौलागाई, सचिवमा मिलन रेग्मी, उपसचिवद्वयमा प्रकाश तामाङ र मञ्जू अधिकारीलाई सर्वसम्मत निर्वाचित गरेको छ ।
यसैगरी सदस्यहरुमा यज्ञप्रसाद डुम्रे, पुरन पर्ती, नविनकुमार थापा,राजेन्द्रप्रसाद डुम्रे, राजन कार्की, सुनिल बञ्जरा, संगीता शर्मा सिलवाल, हेमन्त केसी, शिवसागर बिसी बुढाथोकी, कमल बस्नेत (सेवक) लाई चयन गरेको छ । यस्तै अधिवेशनबाट सुमन सिलवाल, चित्रप्रसाद सुवेदी, सुरज बिष्ट, गणेश थापा, काजीमान श्रेष्ठ, पुष्कर पन्थी, हेमराज सुवेदी, भक्त सिंह, माया खरेल र याम परकोटी सदस्य चयन हुनुभएको छ ।
अधिवेशनको उदघाटन समारोहमा सम्बोधन गर्दै प्रमुख अतिथी प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका अध्यक्ष सञ्जय थापाले आफुहरु बिश्वभर छरिएर रहेका प्रवासी नेपालीलाई एकतावद्ध बनाउँदै समृद्धिका लागि अभियान चलाइरहेको र हरेक प्रवासीको समस्यामा पुग्ने अठोट लिएको जानकारी दिनुभयो ।
उहाँले सवै नेपालीको समस्या समाधान गरी एकतावद्ध समाज निर्माण गर्ने काममा लाग्नुपर्ने आवश्यकता पनि औल्याउनु भयो । उहाँले पोर्चुगलको कमिटीले नेपालीको समस्यामा सदैव साथ रहने गरी काम अघि बढाउनु पर्ने भन्दै सो काम इमान्दारिताका साथ पूरा गर्न निर्देशन पनि दिनुभयो ।
अधिवेशनलाई प्रवासी नेपाली मञ्च अन्तराष्ट्रिय कमिटीका सचिव हेम शेर्पा, अन्तराष्ट्रिय कमिटीका सदस्य तथा स्कूल बिभाग प्रमुख गोबिन्द पौडेल, प्रवासी नेपाली मञ्च स्पेनका अध्यक्ष केदार ढुंगानालगायतका नेताहरुले शुभकामना मन्तब्य राख्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्