जनता टाइम्स

१५ असार २०८१, शनिबार ११:५३

प्रधानमन्त्रीले मेसिनबाट रोपे धान


काठमाडौं, १५ असार । प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’ले चितवनमा मेसिनबाट धान रोप्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले चितवनको रत्ननगरमा आयोजित २१औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ का अवसरमा सौराहास्थित बच्छौलीमा पुगेर बहुउद्देश्य कृषक समुहको खेतमा मेसिनको प्रयोग गरि धान रोप्नुभएको हो ।

उहाँसँगै कृषिमन्त्री ज्वाला कुमारी शाह, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, सांसद हरि ढकाललगायतको उपस्थित रहेको थियो ।