काठमाडौं, १९ असार । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले नयाँ समीकरण अनुसार बनेको कांग्रेस–एमाले गठबन्धनलाई साथ दिने निर्णय गरेको छ ।
महन्थ ठाकुर नेतृत्वको लोसपाको पदाधिकारी बैठकले कांग्रेस र एमालेबीच बनेको गठबन्धनको स्वागत गर्दै पक्षमा उभिने निर्णय गरेको हो । बबरमहलस्थित पार्टी कार्यालयमा बसेको लोसपा नेपालको पदाधिकारी बैठकले सो निर्णय गरेको हो । कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलवार पुरानो गठबन्धनमा रहेका दलहरूसँग छलफल गर्नुभएको थियो ।
सो छलफल बारे बैठकमा लोसपा नेपालका अध्यक्ष महन्थ ठाकुरले ब्रिफिङ गर्नुभएको थियो । कांग्रेस सभापति देउवाले गठबन्धनले बनाउने सरकारलाई साथ दिन आग्रह गरेको अध्यक्ष ठाकुरले बैठकमा ब्रिफिङ गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्