जनता टाइम्स

१९ असार २०८१, बुधबार १९:०१

प्रधानमन्त्रीले राजीनामा नदिएपछि एमालेले फिर्ता लियो सरकारलाई दिएको समर्थन


काठमाडौं, असार १९ । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

एमालेका प्रमुख सचेतक महेश बर्तौलाले पार्टीको निर्णयअनुसार सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिनुभयो । एमालेका मन्त्रीहरूले पनि आजै प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाउने तयारी गरेको बताइएको छ।

एमालेको सचिवालय बैठकले प्रधानमन्त्री दाहाललाई २४ घन्टाभित्र राजीनामा दिएर राष्ट्रिय सहमतिको सरकार निर्माणका लागि मार्ग प्रशस्त गरिदिन आग्रह गरेको थियो।

प्रधानमन्त्रीलाई दिएको समय सकिएपछि एमालेले समर्थन फिर्ता लिनुको साथै मन्त्रीहरूलाई समेत फिर्ता बोलाएको हो। दाहाल नेतृत्वको सरकारमा एमालेबाट ८ जना मन्त्री सहभागी रहेका छन ।