काठमाडौं, असार १९ । राष्ट्रिय सहकारी बैंकका अध्यक्ष तथा सहकारी अभियन्ता केबी उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ । उप्रेतीलाई काठमाडौंको बालाजुबाट सहकारीको बचत हिनामिना गरेको अभियोगमा महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो ।
आइडियल यमुना हाम्रो बहुद्देश्यीय सहकारीका सञ्चालक उप्रेतीलाई सहकारी ठगीमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । राम्रोसँग चलिरहेको उप्रेतीको सहकारी मर्ज भएपछि समस्या आएको थियो । उक्त सहकारीलाई गत महिना समस्याग्रस्त घोषणा गरिएको थियो ।
सूर्य थापा सभापति रहेको सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिलाई दिइएका २० वटा सहकारीको सूचीमा यो पनि रहेको छ । उक्त सहकारीले करिब २ अर्ब निक्षेप भुक्तानी गर्न नसकेपछि समस्याग्रस्त भएको हो ।
उप्रेतीले संसदीय छानबिन समितिले मंगलबार सरोकारवालासँग गरेको छलफलमा समेत सहभागी भएर सहकारी संकट समाधानका उपायबारे सुझाव दिनुभएको थियो । एमालेको केन्द्रीय सहकारी विभाग सचिवसमेत रहनु भएका उप्रेतीलाई सहकारी प्रकरणमै मुछिएपछि पार्टीले केही महिनाअघि सो जिम्मेवारीबाट हटाएको थियो ।
केही समयदेखि उप्रेती अध्यक्ष रहेको सहकारी बैंकसमेत समस्यामा परेको छ । उप्रेती र सिइओ मिलेर ब्यक्तिगत स्वार्थमा कजा दिएको कारण समस्यामा परेको बताइएको छ ।













प्रतिक्रिया दिनुहोस्