काठमाडौं, असार ३० । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओली पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न उहाँको निवास चपली पुग्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्रीमा नियुक्त भएको पत्र पाएलगत्तै ओली पूर्वराष्ट्रपतिसँग छलफल गर्न उहाँको नीजि चपली निवास जानुभएको हो ।
उहाँहरुबीच पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुने बताइएको छ । भण्डारी राष्ट्रपति नियुक्त हुनुअघि नेकपा एमालेको उपाध्यक्ष हुनुहुन्थ्यो ।
पूर्वराष्ट्रपति भण्डारी नवौं महाधिवेशन अघिसम्म एमाले अध्यक्ष ओलीको टीमका प्रमुख योजनाकारसमेत रहनुभएको थियो ।
भण्डारीले नै ओलीलाई अध्यक्ष बनाउन बामदेव गौतमलेखि इश्वर पोखरेलसम्मलाई आफ्नो टीममा ल्याउनु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्