काठमाडौं, साउन १ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिमेकी देशका सरकारप्रमुखले बधाई तथा शुभकामना दिएका छन ।
प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भारत, भुटान र पाकिस्तानका सरकार प्रमुखले बधाई तथा शुभकामना दिनुभएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफ र भुटानका प्रधानमन्त्री छिरिङ तोब्गेले प्रधानमन्त्री ओलीलाई बधाई तथा शुभकामना दिनुभएको प्रधानमन्त्रीको नीजि सचिवालयले जनाएको छ ।
उहाँहरूले प्रधानमन्त्री ओलीको सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नेपाल र आफ्नो देशबीचको सम्बन्ध अझ बढ्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । सोमवार प्रधानमन्त्री नियुक्त हुनुभएका ओलीले शपथ ग्रहणमै २२ सदस्यीय मन्त्रिपरिषद गठन गरी कार्यभार सम्हाल्नुभएको थियो । तीन वटै देशका समकक्षीले प्रधानमन्त्री ओली नेतृत्वको सरकारसँग सहकार्य गर्दै मित्रवत सम्बन्धलाई थप प्रगाढ बनाउन आतुर रहेको बताउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्