जनता टाइम्स

५ श्रावण २०८१, शनिबार १९:२०

प्रधानमन्त्री ओलीको पक्षमा दुईतिहाई सांसदको समर्थन निश्चित, प्रचण्ड-माधवको गठबन्धनतिर रास्वपा र राप्रपा मात्रै


काठमाडौं, साउन ५ । आइतवार प्रतिनिधिसभाबाट बिश्वासको मत लिन लाग्नुभएका प्रधानमन्त्री केपी शर्मा ओली र उहाँको दल नेकपा एमालेले गृहकार्यलाई तीब्रता दिएको छ ।

नेपाली कांग्रेससँगको सहमतिअनुसार असार ३० गते प्रधानमन्त्री नियुक्त भई ३१ गतेबाट कार्यभार सम्हाल्नुभएका नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आइतवार बिश्वासको मत लिन लाग्नुभएको हो । प्रधानमन्त्री ओलीले बिश्वासको मत लिने भएपछि आज नेकपा एमालेले उहाँलाई विश्वासको मत दिन ह्वीप जारी गरेको छ ।

एमाले संसदीय दलका मुख्य सचेतक महेश बर्तौलाले आज पार्टीका सबै सांसदलाई ‘एसएमएस’ पठाउँदै आइतबार (साउन ६ गते) बस्ने प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिन ह्वीप जारी गर्नुभएको हो । ’साउन ६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतका लागि प्रस्ताव पेस गर्नुहुने भएकोले अनिवार्य उपस्थित भई विश्वासको मत माग्ने प्रस्तावको पक्षमा मतदान गर्नुहुन ह्वीप जारी गरिएको जानकारी गराउँदछु,’ बर्ताैलाले जारी गर्नुभएको ह्वीपमा भनिएको छ ।

संविधानको धारा ७६ को उपधारा २ अनुसार प्रधानमन्त्री नियुक्त हुनुभएका प्रधानमन्त्री ओलीले उपधारा (४) बमोजिम विश्वासको मत लिन लाग्नुभएको हो । दुई वा दुई भन्दा बढी दलको समर्थनमा नियुक्त प्रधानमन्त्रीले ३० दिनभित्र प्रतिनिधिसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री नियुुक्त भएको सात दिनभित्रै बिश्वासको मत लिने निर्णय उहाँले गर्नुभएको हो ।

 

ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित, अशोक राइ नेतृत्वको जसपा र लोसपा सहभागी रहेको छ । सरकारमा सहभागी कांग्रेसको ८८, एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद रहेका छन । दुई तिहाइ बहुमत जुटाउनको लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई बिश्वासको मत दिने निर्णय गरेको छ । जसपाको ५ र जनमत पार्टीको ६ सांसद रहेका छन ।

 

ओली नेतृत्वको सरकारमा कांग्रेस एमालेसहित, अशोक राइ नेतृत्वको जसपा र लोसपा सहभागी रहेको छ । सरकारमा सहभागी कांग्रेसको ८८, एमालेको ७७, जसपाको ७ र लोसपाको ४ गरेर १७६ सांसद रहेका छन । दुई तिहाइ बहुमत जुटाउनको लागि १८४ सांसदको समर्थन आवश्यक पर्छ । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र जनमत पार्टीले पनि सरकारलाई बिश्वासको मत दिने निर्णय गरेको छ । जसपाको ५ र जनमत पार्टीको ६ सांसद रहेका छन ।

अहिलेसम्म ओलीलाई समर्थन गर्ने दलहरुको आधारमा सांसदको संख्या १८७ पुग्छ । प्रतिनिधिसभामा दुई तिहाईका लागि १८४ सांसदको समर्थन चाहिन्छ । यसआधारमा ओलीले दुई तिहाई बढीको समर्थन पाउने निश्चित भएको छ । अहिलेसम्म सत्ताबाट सडकमा पुगेको नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र नेकपा एकीकृत समाजवादीसहित राजा फर्काउने खेलोमा लागेको राप्रपाले मात्र बिश्वासको मत नदिने निर्णय गरेको छ ।

ओली सरकारको बिपक्षमा विपक्षमा माओवादी ३२, रास्वपाका २१, राप्रपा १४, नेकपा एकीकृत समाजवादीको १०, आजपा, नेमकिपा र जनमोर्चाका एक÷एक सांसद विपक्षमा रहने देखिएका छन । यसआधारमा प्रधानमन्त्रीको बिपक्षमा केवल ८० मत मात्रै जुटने देखिएको छ । हालसम्म स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंह र योगेन्द्र मण्डलले केही खुलाउनु भएको छैन ।
अहिलेसम्मको अवस्थामा प्रधानमन्त्री ओलीले साना दललाई पनि समेट्दै आफ्नो पक्षमा दुई तिहाइ सांसद जुटाउनु भएको हो ।