जनता टाइम्स

३१ श्रावण २०८१, बिहीबार ११:५८

सिन्धुलीमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, १३ जना घाइते


सिन्धुली, साउन ३१ । सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

सिन्धुलीको तिनकन्याबाट सदरमुकामतर्फ आउँदै गरेको बलेरो कमलामाई नगरपालिका २ चियाबारीमा दुर्घटना हुँदा थप १३ जना घाइते भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गोविन्द काफ्लेले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार वा २० च ८२८३ नम्बरको बोलेरो दुर्घटना भएको हो । घाइतेलाई सिन्धुली अस्पताल लगिएको र उहाँहरूको नाम सङ्कलन गर्ने कार्य भई रहेको एसपी काफ्लेले जानकारी दिनुभयो ।