जनता टाइम्स

१७ भाद्र २०८१, सोमबार १६:१४

उच्च अंकले बढ्यो नेप्से परिसूचक, १३ अर्ब बढीको कारोबार


काठमाडौं, भदौ १७ । केही दिनयता लगातार घटिरहेको नेप्से परिसूचक सोमबार उच्च अंकले बढेको छ । यसदिन सूचक १२७.३२ विन्दुले बढेर २८२३.२५ अंक कायम भएको हो । अंक बढेसँगै कारोबार रकममा पनि वृद्धि भएको छ ।

यसदिन ३३५ कम्पनीको ३ करोड १४ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । अघिल्लो दिन १० अर्ब ५१ करोडको कारोबार भएको थियो । सोमवार ११ वटा कम्पनी सकारात्मक सर्किट लेबलमा कारोबार भएका छन भने सबै समूहका सूचक बढेका छन । फाइनान्स समूहको सूचक सबैभन्दा बढीले वृद्धि भएको छ ।

फाइनान्स समूहको ७.९४ प्रतिशत बढेको छ । कारोबार रकमका हिसाबले ४६ करोड ५२ लाखसहित कारोबार रकममा गुडविल फाइनान्स अग्रस्थानमा आएको छ । दोस्रोमा अपि पावर र तेस्रोमा हिमालयन रिइन्सुरेन्स परेका छन ।

सोमवार कारोबार सुरु भएको २३ मिनेटमा नेप्से २६७९ अंकसम्म झरेको थियो, जुन आजका लागि न्यूनतम अंक रह्यो । सोमवार बैंकिङ ४.७३, विकास बैंक ४.९९, फाइनान्स ७.९४, होटल तथा पर्यटन ४.९२, हाइड्रोपावर ५.३६, लगानी ५.४५, जीवन बीमा ४.६९, उत्पादन ३.३३, माइक्रोफाइनान्स ३.३३, निर्जीवन बीमा ४.८१, अन्य ४.१४ तथा व्यापार समूह २.८५ प्रतिशत बढेको छ ।

२३९ कम्पनीको मूल्य बढ्दा ५ कम्पनीकोभ ने घटेको छ । यस दिन करिब एक दर्जन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेसनल हाइड्रोपावर, बेस्ट फाइनान्स, समृद्धि फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, एनएलजी इन्स्योरेन्स, रिलायन्स फाइनान्स, सुपरमाइ हाइड्रोपावर, दोल्ती पावर, मल्टिपर्पस फाइनान्स, कालिन्चोक दर्शन तथा मोदी इनर्जीको मूल्य १० प्रतिशत बढ्यो ।

यस्तै बुटवल पावरको ९.८, जोशी हाइड्रोको ९.७ प्रतिशत मूल्य बढ्यो । माइखोला हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ३.५९ प्रतिशत घट्यो । कारोबार रकमका आधारमा गुडविल फाइनान्स, अपी पावर, हिमालयन रिइन्स्योरेन्स, अरुणभ्याली हाइड्रोपावर र नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।