काठमाडौं, भदौ १८ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे विजयी हुनुभएको छ । अध्यक्षका प्रत्याशी राजेन्द्र सापकोटालाई एक सय मतले पराजित गर्दै पाण्डे अध्यक्षमा विजयी हुनुभएको हो ।
निर्वाचित पाण्डेले ५८० मत पाउँदा सापकोटाले ४८० मत प्राप्त गर्नुभएको छ । निर्वाचनमा वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा बिजयी हुनुभएको छ । अध्यक्षमा पराजीत सापकोटा समुहका शेर्पा ५५८ मतका साथ विजयी पाण्डे समुहका चोलेन्द्र कार्कीलाई पराजित हुनुभएको छ ।
यसैगरी प्रथम उपाध्यक्षमा पनि सापकोटा समूहकै विष्णुप्रसाद लम्साल (५३५) र द्वितीय उपाध्यक्षमा सनम शेर्पा (५४४) मतसहित विजयी हुनुभएको छ । महासचिवमा भने पाण्डे समुहका सोनाम ग्यल्जेन शेर्पा (५५०) मतसहित विजयी हुनुभएको छ । शेर्पाले सापकोटा समूहका राजेन्द्र प्रसाद सुबेदीलाई पराजित गर्नुभएको हो ।
त्यस्तै सचिव पदमा रिञ्जी जाङबु शेर्पा (५९१), कोषाध्यक्षमा गौतम राज वाग्ले (५८३) र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित हुनुभएको छ । यसैगरी सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित हुनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्