जनता टाइम्स

९ आश्विन २०८१, बुधबार १६:३५

माओवादीका चर्चित नेता एमाले प्रवेश, महासचिव पोखरेलले गरे स्वागत


अछाम, असोज ९ । नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश कमिटी सदस्य समेत रहेका पञ्चद्वल बिनायक नगरपालिका कमिटीका अध्यक्ष अमर बिक (आह्वान) नेकपा एमालेमा प्रवेश भएका छन।

धनगढीमा एक कार्यक्रमबीच नेता बिक नेकपा एमालेमा प्रवेश भएका हुन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले उहाँलाई औपचारिक रुपमा एमालेमा स्वागत गर्नुभयो । जनयुद्धदेखि माओवादीमा सक्रिय रहेका आह्वान पञ्चदेवल बिनायक क्षेत्रको सिनियर माओवादी नेताका रुपमा परिचित छन ।

बिकले माअ‍ोवादीमा बसेर आफ्नो र मुलुकको भविश्य बर्वाद बनाउनु बाहेक अरु केही नरहेको निश्कर्षसहित जनताको प्यारो पार्टी एमाले रोजेको बताउनु भयो ।