जनता टाइम्स

१४ असार २०८२, शनिबार १९:५९

एसईई प्रदेशबाट सञ्चालन गर्ने सहमति


काठमाडौं, १४ साउन ।  लामो समयको आंशका तोड्दै माध्यमिक शिक्षा परिक्षा ९एसईई० कायम राख्ने सहमति भएको छ । कक्षा १२ सम्मलाई माध्यमिक शिक्षामा समेटेपछि कक्षा १० मा लिइने एसईईको अर्थ नरहने भएकाले खारेज गर्नुपर्ने चर्चाका बीच प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिले कायम राख्ने सहमति गरेको हो ।

आज सिंहदरबारमा बसेको समिति बैठकले एसईई कायम राख्ने र यसको सञ्चालन प्रदेश स्तरबाट गर्ने सहमति जुटाएको छ । यस अघि उपसमितिले समितलाई बुझाएको प्रतिवेदनमा एसईई नराख्ने उल्लेख थियो ।

तर सरकारको तर्फबाट शिक्षामन्त्री रघुजी पन्तले एसईई प्रदेशबाटै गर्नेगरी प्रस्ताव गर्नुभएपछि समितिले त्यसमा सहमति जुटाएको हो । अब समितिले एसईई प्रदेशबाट सञ्चालन गर्ने व्यवस्थासहितको विधेयक पारित गरेर प्रतिनिधिसभामा पठाउनेछ ।