काठमाडौं, असोज २९ । ललितपुरस्थित निदान अस्पतालले एक व्यक्तिको नाममा अर्कै व्यक्तिको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गरेको आरोपमा अस्पतालका प्रमुख कार्यकारी अधिकृत सिइओसहित पाँच जनालाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान व्यूरोले एक व्यक्तिको नाममा अर्कैको मृगौला झिकेर किनबेच तथा प्रत्यारोपण गराएको भन्दै अस्पतालका सिइओ विपेन्द्र प्रधान, कानुनी सल्लाहकार कुमुदकुमार भट्टराई, अस्पतालका डाक्टर राजेश पन्त, मृगौला लिने बिरामी शंकरलाल लामा र जिल्ला प्रशासन कार्यलयका शाखा अधिकृत रामचन्द्र आलेलाई पक्राउ गरेको हो ।
उनीहरूविरूद्ध मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४ अनुसार अनुसन्धान र कारबाही हुने प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्