जनता टाइम्स

२६ आश्विन २०८१, शनिबार १३:२२

प्रधानमन्त्री ओलीले लगाए पिताको हातबाट दशैंको टीका


काठमाडौं, असोज २६ । प्रधानमन्त्री केपी शर्मा ओलीले पिता मोहनप्रसाद ओलीको हातबाट दशैको टीका लगाउनु भएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा आज बिहान शुभसाइतमा पिता मोहनप्रसादको हातबाट टीका र जमरा लगाउनु भएको हो ।

पिताको हातबाट टीका लगाउनु अघि प्रधानमन्त्री ओलीले पुरोहितको हातबाट नवदुर्गा भवानीको प्रसाद स्वरुप टीका र जमरा ग्रहण गर्नुभएको थियो ।

आफूले टीका लगाएपछि प्रधानमन्त्री ओलीले श्रीमती राधिका शाक्यसहित आफन्तजनलाई टीका लगाइ दिनुभएको छ ।

वडादशैंको टीका लगाएपछि प्रधानमन्त्री ओलीले स्वदेश र विदेशमा रहेका नेपालीलाई शुभकामना दिँदै सबैको सुस्वास्थ्य, उन्नति, प्रगती र सफलताको कामना गर्नुभएको छ ।