जनता टाइम्स

३० आश्विन २०८१, बुधबार १०:१३

डडेलधुराको खस्रेखानमा बस दुर्घटना, ४ जनाको मृत्यु, १२ घाइते


डडेलधुरा, असोज ३० । डडेलधुरामा रात्रिबस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी १२ जना घाइते भएका छन ।

महेन्द्रनगरबाट बैतडीको पुर्चौंडी गइरहेको रात्रिबस गएराति डडेल्धुराको अमरगढी नगरपालिका–७ खस्रेखानमा दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका हुन। दुर्घटनामा दुई महिला, एक पुरुष र एक शिशुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले जानकारी दिनुभयो ।

दुर्घटनामा बैतडीको पुर्चौंडी नगरपालिका–३ का ४५ वर्षीया जयमति बोहरा, सोही ठाउँकी २० वर्षीया कमला बोहरा, निजका छोरा र सोही ठाउँका २२ वर्षीय सहदेव बोहराको मृत्यु भएको छ ।दुर्घटनामा बसका चालक वीरेन्द्र बोहरा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।