जनता टाइम्स

२ कार्तिक २०७६, शनिबार १७:०२

सभापति देउवाले कांग्रेसको आधिकारिक धारणा नबोक्ने गगन थापाको घोषणा, दिए यी आधार


काठमाडौं, कात्तिक २ । नेपाली कांग्रेसका युवा नेता गगन थापाले पार्टी सभापति शेरबहादुर देउवाले कांग्रेसको आधिकारिक धार नबोक्ने घोषणा गर्नुभएको छ ।

रौतहटमा भएको नरसंहारमा कांग्रेस नेतासमेत रहेका मोहम्मद आफताव आलम पक्राउ प्रकरणमा सभापति देउवाले लिएको अडानको कडा प्रतिवाद गर्दै देउवाको भनाई कांग्रेसको आधिकारिक धारणा नरहेको थापाले प्रष्ट पार्नुभएको हो । शुक्रवार भक्तपुरमा आयोजित कार्यक्रममा देउवाले १२ बर्ष अघिको घटना ब्युँझाएर अहिले समाउन पाइन्छ भन्दै कांग्रेस र लोकतन्त्रबिरुद्ध नियोजित आक्रमणको प्रयाश भन्नुभएको थियो । देउवाको सो भनाई ब्यक्तिगत रहेको नेता गगन थापाको भनाई छ ।

‘जोसुकै होस, जहाँ भएको होस, जहिले भएको होस, जुनसुकै ओहोदामा पुगेकोले गरेको होस, अपराध गर्नेले दण्ड पाउनुपर्छ । दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ,’सभापति देउवालाई कडा चुनौती दिँदै नेता थापाले भन्नुभएको छ, ‘निष्पक्ष छानबिनका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारण । बाँकी सबै व्यक्तिगत धारणा हुन ।’

यस्तो छ गगन थापाको अडान

जोसुकै होस, जहाँ भएको होस, जहिले भएको होस, जुनसुकै ओहोदामा पुगेकोले गरेको होस, अपराध गर्नेले दण्ड पाउनुपर्छ । दोषीको छिनोफानो अनुसन्धान र न्यायालयले गर्छ । निष्पक्ष छानबिनका लागि सहयोग गर्नु हाम्रो कर्तव्य हो । यही हो काँग्रेसको धारण । बाँकी सबै व्यक्तिगत धारणा हुन ।‬