जनता टाइम्स

२३ कार्तिक २०८१, शुक्रबार ०८:४७

नारायणगढ-मुग्लिन सडकखण्डमा मध्यराती ठोक्कियो बस र माइक्रोबस, चार जनाको मृत्यु


चितवन, कात्तिक २३ । नारायणगढ-मुग्लिन सडक खण्डमा बस र इलेक्ट्रिक हाइस एकआपसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ ।

घटनामा गम्भीर भएका चार जनाको मृत्यु भएको र बाँकी दुई जनाको गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा हायसमा यात्रारत गोर्खा आरुघाट १ मान्बुका ४२ वर्षका राजबहादुर गुरुङ, हाईस चालक हाल नाम थर वतन नखुलेको वर्ष ४५ को पुरुष, हाईसमा सवार नामथर वतन नखुलेकी अन्दाजी ४० जतिकी महिला र हाईसमा सवार नामथर नखुलेको अन्दाजी ३२ वर्षका पुरुष रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको गम्भीर अवस्थामा उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज बिहान ३ बजे भरतपुर महानगर २९ स्थित सत्रकिलोमा मुग्लिन तर्फबाट नारायणगढतिर आउँदै गरेको बा.प्र. ०६–००१ज ०२९८ नं को ई.भि. हाइस र नारायणगढबाट मुग्लिन तर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख २८१२ नम्बरको बस एक आपसमा ठोक्किएको थियो ।