दैलेख, कात्तिक २९ । दैलेखको भैरवी गाउँपालिका –१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थको अन्वेषणअन्तर्गत ‘ड्रिलिङ’को काम ७९ प्रतिशत सकिएको छ ।
चार हजार मिटर गहिराइसम्म ‘ड्रिलिङ’ गर्नुपर्नेमा हालसम्म ७९ प्रतिशत ‘ड्रिलिङ’को काम सकिएको खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम परियोजना महाशाखा प्रमुख गणेशनाथ त्रिपाठीले बताउनुभयो ।
चार हजार मिटर गहिराइसम्म ड्रिलिङ भएपछिमात्र पेट्रोलियम पदार्थ भएनभएको पत्ता लाग्ने छ । चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँ अनुदान सहयोगमा अघि बढाइएको पेट्रोलियम पदार्थको अन्वेषण जारी छ । महाशाखा, चाइना जियोलोजिकल सर्भे तथा सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनीले ‘ड्रिलिङ’ जारी राखेको हो ।
दैलेखको पेट्रोलियम पदार्थको अन्वेशणको काम प्रधानमन्त्री केपी शर्मा ओलीको अर्काे ड्रिम प्राजेक्ट हो । उहाँले नै यो काम अघि बढाउनु भएको हो ।
प्रतिक्रिया दिनुहोस्