जनता टाइम्स

३० कार्तिक २०८१, शुक्रबार ०८:५७

दार्चुलामा भिषण दुर्घटना, ८ जनाको मृत्यू


दार्चुला, कात्तिक ३० । दार्चुलामा आज बिहान भएको जिप दुर्घटनामा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा परी ६ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी प्रकाश दाहालका अनुसार शैल्यशिखर(५ लेकगाउँका ३० वीरेन्द्र रावल, उनकी श्रीमती २८ वर्षीया शान्ति रावल, शैल्यशिखर(९ का ४५ वर्षीय दिलीप बिष्ट, ४५ वर्षीया मिना लेखकको दुर्घटनामा परी मृत्यु भएको छ ।

त्यस्तै, बैतडीको डिलासैनी गाउँपालिका ५ का १५ वर्षीय सुजित बोहरा र ४५ वर्षीय वीरेन्द्र बोहराको पनि मृत्यु भएको उहाँे बताउनु भयो।

मृतक दुई जना भने भारतीय नागरिक छन्, यूपी ९उत्तर प्रदेश० बस्ने मोहम्मद सालीर र मोहम्मद बसीमको घटनास्थलमै मृत्यु भएको छ ।