जनता टाइम्स

३० कार्तिक २०८१, शुक्रबार ११:०१

एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटी अध्यक्षमा शिवाकोटी निर्विरोध


काठमाडौं, कात्तिक ३० । नेकपा एमालेको युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा अध्यक्ष र सचिव निर्विरोध चयन भएका छन । बुधबारबाट सुरू भएको पाँचौं जिल्ला अधिवेशनमा नयाँ नेतृत्वका लागि बिहीबार बेलुका ८ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको थियो।

अध्यक्षमा सुदर्शन शिवाकोटी र सचिवमा नरेन्द्र न्यौपानेको एकल उम्मेदवारी परेपछि उहाँहरू निर्विरोध निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा श्यामकाजी खत्री, प्रकाश भुजेल, मदन विष्ट, बलराम बेलबासेको उम्मेदवारी परेको छ। खुला उपसचिवतर्फ जगत लामा, मोदनाथ सिग्देलको उम्मेदवारी परेको छ।

महिला क्लस्टरतर्फै सजिना थापा मगर, विनिता काफ्ले, शोभा सापकोटा थापाको उम्मेदवारी दर्ता भएको छ । उहाँहरूबीच छलफल गरेर सर्वसम्मतिको प्रयास भइरहेको एमालेले बताएको छ।

एमालेमा भूगोल र गैरभूगोल गरी ८१ वटा जिल्ला कमिटी छन। युवा संघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनमा आबद्ध भइ सदस्य लिएकाहरू यो कमिटीमा रहन पाउनेछन।

अधिकांश जिल्ला कमिटीको अधिवेशन सकिइसकेको छ। १० वटा जिल्ला कमिटीको मात्रै अधिवेशन हुन बाँकी रहेको एमालेले जनाएको छ।