काठमाडौं, मंसीर ७ । सत्तारूढ दल नेकपा एमालेले आयोजना गरेको जागरण सभा सुरु भएको छ । काठमाडौंका बिभिन्न स्थानबाट आएको र्याली दरवारमार्ग आइपुगेसँगै सभामा परिणत भएको हो ।
काठमाडौँका विभिन्न ठाउँबाट निस्किएको र्याली दरबारमार्गमा पुगेर सभामा परिणत भएको हो । नारायणहिटी दरबार संग्रहालय परिसरमा आयोजित सभालाई एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, महासचिव शंकर पोखरेललगायतका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सम्बोधनका लागि अध्यक्ष ओली सभास्थल आइसक्नु भएको छ ।
पूर्वनिर्धारित कार्यक्रम अनुसार भद्रकालीबाट सुरु भएको र्याली सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्ग पुगेका हुन । भद्रकालीबाट दरबारमार्गसम्म र्याली आयोजना गरिने भनिएको भए पनि उपत्यकाका विभिन्न स्थानबाट कार्यक्रम स्थलमा सहभागी गएका कारण जताततै कार्यक्रमका सहभागी देखिएका छन् ।
नेकपा एमालेको सूर्य चिन्ह अङ्कित झण्डा, कम्युनिष्ट पार्टीको झण्डा तथा राष्ट्रिय झण्डा बोकेका सहभागीहरू कार्यक्रम स्थलमा जम्मा हुने क्रम जारी छ ।कार्यक्रमस्थल दरबारमार्गको मञ्चमा जनसांस्कृतिक महासंघका कलाकारहरूले विभिन्न जागरण गीत प्रस्तुत गरेर सहभागीलाई मनोरञ्जन दिइरहनुभएको छ ।
समाजमा फैलाइएको अराजकता, नेकपा एमाले तथा सरकार माथि गरिएको भ्रामक प्रचार चिरेर उपत्यकावासीमा सकारात्मक सन्देश प्रवाह गर्न कार्यक्रम आयोजना गरिएको नेकपा एमालेले वाग्मती प्रदेश कमिटी अध्यक्ष तथा जागरण सभाका संयोजक कैलाशप्रसाद ढुङ्गेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्