जनता टाइम्स

७ पुष २०८१, आईतवार ११:१५

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन एजेण्डा


काठमाडौं, पुस ७ । नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ ।

सचिवालय बैठक पुस १० गते बुधबार च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकमा केन्द्रीय कमिटी बैठकको तयारी, केन्द्रीय कमिटी बैठकको कार्यसूची, संगठन विस्तार योजना लगायत विषयमा छलफल हुने छ ।

बैठकमा सरकारका कामकारबाही र समसामयिक राजनीतिबारे पनि छलफल गर्ने योजना रहेको छ ।