जनता टाइम्स

१५ पुष २०८१, सोमबार ११:३८

अखिल क्रान्तिकारीमा बिद्यार्थीले जिते, ३२ बर्षे उमेर हदबिरोधी प्रचण्डसहित पार्टीका नेता पराजीत


काठमाडौं, पुस १५ । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नेतृत्व चयन गर्दा उमेर हद लाग्ने भएको छ । उमेर हद लगाउने कि नलगाउने भन्ने विषयमा शनिबार देशभर भएको मतदानमा उमेर हद लगाउने पक्षमा बहुमत आएको हो ।

अखिल क्रान्तिकारीका प्रमुख निर्वाचन अधिकृत मुक्तिनारायण प्रधानका अनुसार उमेर हद लगाउने पक्षमा ९ सय र खुला राख्ने पक्षमा ८ सय ७९ मत आएको छ । उमेर हद लगाउने पक्षमा २१ मत बढी परेको छ । कुल २ हजार ३९८ मतदातामध्ये करिब १ हजार ७८९ मत खसेको थियो । जसमा १ हजार ७ सय ७९ मत सदर भएको थियो भने १० मत बदर भएको छ ।

योसँगै अब क्रान्तिकारीमा ३२ वर्ष उमेर हद लाग्नेछ । उमेर हद राख्ने कि नराख्ने भन्नेबारेमा क्रान्तिकारीमा फरक मत रहँदै आएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित अधिकांश पदाधिकारी ३२ बर्षे उमेर हदको बिरुद्धमा खडा हुनुभएको थियो । तर बिद्यार्थीले नेतालाई सवक सिकाएका हुन ।