जनता टाइम्स

१९ पुष २०८१, शुक्रबार २०:१०

कांग्रेसले तोक्यो क्रियाशील सदस्यता नवीकरणको डेटलाइन


काठमाडौं, पुस १९ । नेपाली कांग्रेसले चैत मसान्तभित्र क्रियाशील सदस्यता नवीकरण गरिसक्ने निर्णय गरेको छ ।

महामन्त्री गगन थापाको नेतृत्वमा बसेको सदस्यता समितिको बैठकले कार्यतालिका बनाएर सदस्यता नवीकरण टुंगो लगाउने निर्णय गरेको हो ।

समिति सदस्य प्रकाश रसाइली स्नहीका अनुसार बैठकले सबै क्षेत्रको सदस्यता वितरणलाई प्रभावकारी बनाउको लागि वैज्ञानिक पद्धति अबलम्बन गर्ने निर्णय पनि गरेको छ ।