जनता टाइम्स

१२ माघ २०८१, शनिबार ०७:५६

भारतको अवसर र चूनौती


वर्तमान परिवेशमा आफ्नो आर्थिक सार्मथ्यको वलमा भारतले ७८ वटा मुलुकहरू आर्थिक सहयोगको योजनाहरू परिचालित गरेका छन् सन २०३० मा नै भारत विश्वको तेस्रो अर्थतन्त्र हुने कुरा विभिन्न रेटिङ्ग एजेन्सीले आकलन गरेको छ ।

(सन्दर्भः ७६ औं गणतान्त्रिक दिवस)

विपिन देव

२६ जनवरीमा २०२५ मा भारत आफ्नो ७६ औं गणतान्त्रिक दिवस मनाइरहेको छ । संसारको सर्वाधिक जनसंख्या, प्रजातान्त्रिक शासन प्रणाली, विश्वको पाँचौ अर्थतन्त्र र सभ्यता र संस्कृतीको हिसावले विरासत बोकेको मुलुक भएकोले गर्दा वर्तमान भूराजनीतिमा भारतको भूमीका महत्वपूर्ण रहेको छ । सन २०१४ मा मोदीको आगमनको साथै परराष्ट्र नीतिको प्रारुपमा समेत परिर्वतन देखिएको छ । वर्तमान भूराजनीतिलाई वहुध्रुबीय (मल्टीपोलर) संसार भनिएको छ ।

अर्थात् वहुध्रुबीय संसारमा भारतले विश्वको सबै शक्तिकेन्द्रहरूसँग सहकार्यको यात्रालाई अगाडि बढाएको देखिन्छ । रसिया र चीनको वर्चश्व भएको ब्र्रिक्स र संघाई सहयोग संगठनमा समेत भारतले सक्रियता देखाएको छ भने अमेरिका र पश्चिमा संसारको दवदवा रहेको जी ट्वाउन्टीमा पनि नेतृत्वदायी भूमिका खेलेको देखिन्छ । एकातर्फ रसियासँग सघन सम्बन्ध राख्दै पुटिनको करकमलबाट रसियाको सर्वोच्व पदकवाट मोदी अलंकृत भएका छन भने युक्रेनको यात्रा गरेर प्रजातान्त्रिक कित्तामा समेत आफ्नो सदभाव र सर्मथन व्यक्त गरेको छ ।

इजरायलसंग सामरिक सम्वन्धलाई धनिभूत बनाएको छ भने साउदी अरेविया, यूएई, कुवेतलगायत १२ वटा मुश्लिम राष्ट्रहरूको सर्वोच्व पदकवाट समेत मोदी विभुषित भएका छन । जी ट्वान्टीको शिखर सम्मेलनताका मोदीले दक्षिण गोलाद्धका (ग्लावन साउथ) १२५ वटा मुलुकहरूसँग विद्युत्तीय माध्यमवाट सम्वाद गर्दै जी ट्वान्टीमा दक्षिण गोलाद्ध (गोलवल साउथ) का आवाजलाई ध्वनित समेत गरेका थिए । भारतको नेतृत्वमा रहदा नै जी टेउन्टीको सदस्यको रूपमा अफ्रिकी युनियनलाई मनोनित गरिएको थियो ।

भारतको परराष्ट्र नीतिले हिन्द महासागरीय (इनडोप्यासिफीक) नीतिमा अधिक जोड दिएको देखिन्छ । ९० को दशकमा भारतका तत्कालीन प्रधानमन्त्री नरसिंह रावले लुक इष्टको नारा दिएका थिए । त्यही नारालाई परिमार्जित र परिस्कृत गर्दै मोदीले एक्ट इष्ट भनेर नामाकरण गरे । अर्थात भारतले आप्mनो आर्थिक महत्वाकांक्षालाई प्रत्याभूत गर्न आसियानका मुलुकहरूसंग सघन सम्बन्ध बनाउनु पर्नेमा विगत ३० वर्षदेखि नीति लिँदै आएको छ । तदनुरूप हिन्द महासागरीय क्षेत्रमा आफ्नो उपस्थित महत्वपूर्ण रहेको छ । सन २०१३ पश्चात चीनको सामरिक शक्ति र दवदवा दक्षिण चीन सागरमा बढ्दै गइरहेको छ । चीनको बढ्दो दवदवाका कारणले आसियानका मुलुकहरू आक्रान्त रहेको छ ।

यही परिवेशमा हिन्द महासागरीय क्षेत्रमा चीनिया दवदवालाई सन्तुलन गर्न प्रजातान्त्रिक कित्तामा रहेको मुलुकहरू चर्तुभूजीय संगठन निर्माण गरेको छ । जसमा भारत, अमेरिका, जापान र अष्ट्रेलीया रहेको छ । यी चर्तुभूजीय संगठनलाई कर्वाड भनिन्छ । भारतका परराष्ट्रमन्त्री डा. जयशंकरले आप्mना पुस्तक ′हवाई भारत म्याटरस’ मा कर्वाड सैन्य गठवन्धन नभएको जिकिर गरेका छन । उनले कर्वाडको दायित्व पूर्वाधार विकास लगायत विपत्त व्यवस्थापन र लोककल्याणकारी काम गर्नु हो भन्ने उल्लख गरेका छन् ।

वर्तमान परिवेशमा भारतको सामरीक चूनौतीको पनि चाङ नै देखिएको छ । चीनले ताइवानमा आफ्नो वर्चश्व कायम गरेको खण्डमा ताइवानको तटीय क्षेत्र चीनको नियन्त्रणमा आउने सम्भावनालाई नर्कान सकिदैन । भारतको पश्चिमा जगत र अमेरिकासंगको सम्पूर्ण केवल लाइन उक्त क्षेत्रवाट नै जडान गरिएको छ । वर्तमान परिवेशमा साउदी अरेवीयाले जति तेल र उर्जाबाट आम्दानी प्राप्त गर्दछ त्यो भन्दा बढी भारतले सफ्टवेयरको व्यवसायबाट आम्दानी गर्ने गर्दछ । ताइवानको चिप्सको आधारमा नै भारतको विद्युत्तिय बजार निर्भर रहेको छ । यस अवस्थामा चीन ताइवान सम्वन्धले भारतको आर्थिक महत्वांकाक्षालाई निर्धारित गरेको देखिन्छ ।

भारतको अर्को महत्वपूर्ण सामरिक चूनौतीमध्य एसियासंगको सम्वन्ध सन्तुलन गर्नु हो । मध्य एसीया ९० लाख भारतेलीहरू कर्मयोद्धाको रूपमा कार्यरत रहेको छन् । भारतले रेमिटेन्सवाट नै कुल १२५ विलियन अमेरिकी डलर आम्दानी गर्दछ । अर्को शब्दमा भन्ने हो भने पाकिस्तान र वंगलादेशको जि.डि.पि.भन्दा बढी भारतले रेमिटेन्स (बिप्रेशन) वाट नै बढी आम्दानी प्राप्त गर्दछ । वर्तमान परिवेशमा मध्यएसिया तनाव ग्रस्त रहेको छ ।

इरान अमेरिकी नाकावन्दीले गर्दा अस्तव्यस्त रहेको छ भने लेवनान जस्ता मुलुकहरू आर्थिक दिवालीयापनको संघारमा रहेको छ । लेवनान, सीरिया, यमन जस्ता मुलुकहरूमा हुति हिजबुल्ला र हामास जस्ता कट्टरपन्थीहरूको संयन्त्र रहेको छ । यी लडाका समुहहरू सामुद्रिक मार्गमा समेत आक्रमण गरिरहको अवस्था छ । मध्य एसीयामा इरानसंग भारतको सघन सम्वन्ध रहेको छ । इरानको चावाहार वन्दरगाहमा भारतको लगानी रहेको छ । चावाहार सेन्ट्रल एसीया, अफगानीस्तान र रसीयासंग व्यापार गर्न सबभन्दा सुलभनाका रहेको छ ।

मध्य एसीयामा अमन र चयन भएको खण्डमा भारतले आफ्नो आर्थिक कारोवार सहज ढङ्गले अगाडि बढाउन सक्दछ । मध्य एसीयासंग भारतको अर्को गुरूयोजना समेत जोडिएको छ । सो गुरूयोजनालाई आएमेक भनिएको छ । अर्थात् आएमेकलाई इण्डिया, मिडिल इष्ट र युरोपियन कोरीडोर भनिन्छ । यो गुरूयोजनाको माध्यमवाट भारतले मध्य एसीयाको वाटोवाट युरोपमा व्यापारिक कारोवार गर्न सक्दछ तर इजरायल हमासको भिडन्तले गर्दा र मध्य एसीयामा भइरहेको हिंसात्मक गतिविधिले गर्दा यो गुरूयोजनालाई पूरा गर्न गाह्रो देखिएको छ । भारतको अर्को महत्वपूर्ण चूनौती वंगलादेश र अफगानीस्तान समेत रहेको छ । भारतीय सहयोग र सदभावमा कारणले वंगलादेश आर्थिक विकासमा फड्को मारिरहेको थियो । शेख हसिनाको अपदस्तको साथै वंगलादेश विकासमा विराम लागेको छ भने वंगलादेशको हिन्दु समुदायहरू कट्टरपन्थको शिकार भएका छन् ।

त्यस्तै अफगानीस्तान र पाकिस्तान विच द्वन्द व्यवस्थापन नभएको खण्डमा त्यसको पराकम्पन भारतले समेत भोग्नु पर्ने अवस्था छ । पाकिस्तानवाट पूर्ण रूपमा अफगानीस्तानलाई विच्छेद गरेको खण्डमा भारतले लागु गरिरहेको गुरूयोजनाहरू समेत अफगानीस्तानमा लागु हुन सक्ने सम्भावना रहेको छ । वर्तमान परिवेशमा आफ्नो आर्थिक सार्मथ्यको वलमा भारतले ७८ वटा मुलुकहरू आर्थिक सहयोगको योजनाहरू परिचालित गरेका छन् सन् २०३० मा नै भारत विश्वको तेस्रो अर्थतन्त्र हुने कुरा विभिन्न रेटिङ्ग एजेन्सीले आकलन गरेको छ । वढ्र्दो आर्थिक सार्मथ्य र अब्वल नेतृत्वले भारत वर्तमान भू-राजनीतिमा महत्वपूर्ण भूमिका खेल्ने सक्ने गणतन्त्र दिवसका अवसरमा शुभकामना दिन सकिन्छ ।