काभ्रे, कात्तिक ८ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि पार्टी एकता नभएको भन्दै समृद्धिको आधार तयार पार्न सवै एकजुट हुनुपर्ने बताउनु भएको छ ।
नेकपा काभ्रेपलाञ्चोकले आज बनेपामा तिहार, नेपाल सम्वत ११४० र छठ पर्वको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा नेकपा काभ्रेपलाञ्चोकका इञ्चार्जमेत रहनुभएका मन्त्री बाँस्कोटाले सो भनाई राख्नुभएको हो । मन्त्री बाँस्कोटाले पार्टीको एकता सम्पन्न गरेर औपचारिक रुपमा पार्टी बनिसकेको उल्लेख गर्दै नेकपा काभ्रेमा ड्रागन बनेको बताउनुभयो ।
अब पार्टी एकताबद्ध भइसकेको र जिल्लाको सबै स्थानीय तह जित्नका लागि पनि एकताले नयाँ शक्ति पैदा गरेको उहाँले भनाई थियो । ‘हाम्रो यात्रा चुनावदेखि चुनावसम्म तथा सांसद र मन्त्रीको लोगो भिर्नका लागि मात्रै नभई समृद्ध राष्ट्र निर्माणका लागि हो,’ मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले आत्मनिर्भर राष्ट्र निर्माणका लागि सम्पूर्ण स्रोतसाधन र सीपको एकमुस्ट परिचालन आवश्यक रहेको धारणा पनि उहाँको थियो ।
प्रतिक्रिया दिनुहोस्