दाङ, फागुन ५ । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्ड देशकै सबैभन्दा ठुला लुटेरा भएको टिप्पणी गर्नुभएको छ ।
एमाले दाङले आज घोराहीमा गरेको जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।
´देशका सबैभन्दा ठुला लुटेराले भ्रष्टाचारका फाइल खोल्न खोज्दा प्रधानमन्त्रीबाट हटाइयो भनेर कुप्रचार गर्दै हिडेका छन,’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘भ्रष्टाचारको फाइल प्रधानमन्त्रीसँग हुदैन् । म पनि प्रधानमन्त्री छु । मसँग त छैन् ।`
देश अर्थतन्त्र खोक्रो माओवादीले बनाएको दावी गर्दै ओलीले अर्थमन्त्र एमालेले बनाउने ठोकुवा गर्नुभयो । माओवादी विदेशी इशारामा चल्ने गरेको दावी गर्दै प्रधानमन्त्री ओलीले भन्नुभयो, ´विदेशी इशारामा काम गर्ने किनारा लाग्छन् । किनारा लगाइन्छ ।`
प्रतिक्रिया दिनुहोस्