जनता टाइम्स

९ फाल्गुन २०८१, शुक्रबार १३:४२

वाकिटकीलगायत रेडियो उपकरण लाइन्सेन्सबिना सञ्चालन गर्न प्रतिबन्ध, विभागले निकाल्यो समय तोकेरै सूचना


काठमाडौं, फागुन ९। वाकिटकी लगायतका रेडियो उपकरणहरु अब लाइसेन्स तथा अनुमति नलिई आयात, बिक्री वितरण तथा प्रयोग गर्ने नपाइने भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सूचना तथा प्रसारण विभागले लाइसेन्स तथा अनुमति नलिई वाकिटकी लगायतका रेडियो उपकरणहरु आयात, बिक्री वितरण तथा प्रयोग गर्ने कार्य तत्काल बन्द गराएको छ ।

विभागले सोमबार सूचना जारी गरी वाकिटकी लगायतका रेडियो उपकरणहरु विक्री बितरण तथा प्रयोग गर्न लाइसेन्स लिनुपर्ने उल्लेख गरेको छ । सूचना प्रकाशित भएको ३५ दिन भित्र नियमानुसारको लाइसेन्स लिएर मात्र प्रयोग गर्न विभागले भनेको छ ।

लाइसेन्स नलिई प्रयोग गरिएको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने चेतावनी पनि विभागले दिएको छ ।