जनता टाइम्स

१० फाल्गुन २०८१, शनिबार १०:४८

प्रवासी नेपाली मञ्च स्पेनको सह्रानीय काम, काममा सक्षम र आत्मनिर्भर बनाउन १० दिने सिपमूलक शुशी तालिम


स्पेन, फागुन १० । प्रवासी नेपाली मञ्च (ओएनएफ) स्पेनले १० दिने सिपमूलक शुशी तालिम सम्पन्न गरेको छ । आफ्ना सदस्यहरुलाई सिप सिकाएर आत्मनिर्भर बनाउने उदेश्यका साथ शिशु तालिमको आयोजना गरिएको तालिम संयोजक तथा प्रशिक्षक प्रवासी नेपाली मञ्च स्पेनका सचिव शिवप्रसाद गौतमले बताउनु भयो ।

सिप सिकाएर आत्मनिर्भर बनाउने योजनाका साथ ओएनएफ स्पेनले यस्ता कार्यक्रमहरु आयोजना गर्दै आएको छ । सोहीअनुसार शुशी तालिम सञ्चालन गरिएको ओएनएफ स्पेनले जनाएको छ ।तालिम समापन कार्यक्रममा प्रवासी नेपाली मञ्च स्पेनका नेताहरुले खुसी ब्यक्त गर्नुभएको छ ।

ओएनएफ स्पेनका अध्यक्ष केदार ढुङ्गानाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी अध्यक्ष तथा संगठन विभाग प्रमुख हेम शेर्पा, बिषेश अतिथि प्रवासी नेपाली मञ्च युरोप महादेशीय कमिटी संयोजक मुक्तबहादुर गुरुङ्ग, एनआरएन स्पेनका आइसिसी सदस्य यज्ञ नारायण पौडेल हुनुहुन्थ्यो ।

यसैगरी सामाजिक अभियन्ता डिक कार्की, जनसम्पर्क समितिका स्पेनका निवर्तमान सभापति इन्द्र शर्माको उपस्थिति रहेको प्रमाणपत्र वितरण कार्यक्रममा शुशी तालिमका संयोजक तथा प्रशिक्षक प्रवासी नेपाली मञ्च स्पेनका सचिव शिवप्रसाद गौतमले सञ्चालन गर्नुभएको थियो । १० दिने शुशी प्रशिक्षण कार्यक्रममा ३८ जनाको सहभागिता रहेको थियो ।

सो अवसरमा प्रमुख अतिथि शेर्पाले प्रशिक्षार्थीहरुलाई शुभकामना व्यक्त गर्दै सिप सिकेर आत्मनिर्भर बन्नु अपरिहार्य रहेको बताउनु भयो । सचिव शेर्पाले आफ्ना सदस्य र प्रवासमा रहेका नेपालीलाई सक्षम र आत्मनिर्भर बनाउनका लागि यस्ता तालिम सञ्चालन गरिएको जानकारीसमेत गराउनु भयो ।

यस्तै ओएनएफ युरोप महादेश संयोजक मुक्त बहादुर गुरुङ्गले हाल स्पेनको अवस्थाको बारेमा जानकारी दिदै प्रवासी नेपाली मञ्च स्पेनले हरेक वर्ष सिपमूलक शुशी तालिमको आयोजना गरेको र धेरै प्रवासी नेपाली लाभान्वित हुनु भएको बताउनु भयो ।

तालिममा सहभागीहरुले आफूहरुको आत्मबल बढाउन र काममा दक्ष बनाउने ओएनएफ स्पेनले गरेको तालिमबाट निकै लाभान्वित भएको अनुभव सुनाए । उनीहरुले मञ्चलाई धन्यवाद दिँदै तालिमपछि हरेक कुरामा आफूहरु सक्षम बनेको र अव आत्मनिर्भर बन्न सक्ने अनुभुतिसमेत सुनाएका छन ।