जनता टाइम्स

१३ फाल्गुन २०८१, मंगलवार ०९:४५

ग्रामर गुरुका नामले परिचित भाषाविद् चूडामणि गौतमको निधन


काठमाडौं, फागुन १२। ‘ग्रामरका गुरु’ भनेर परिचित भाषाविद् चूडामणि गौतमको निधन भएको छ ।

गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा निधन भएको हो । पारिवारिक स्रोतका अनुसार उहाँको सोमबार साँझ उपचारका क्रममा निधन भएको छ । गौतमले लेखेको अंग्रेजी भाषाको ग्रामर प्रख्यात छ ।

अंग्रेजी भाषालाई पृष्ठभूमि बनाउनु भएका गौतमले पछिल्लो समय नेपाली भाषामा पनि योगदान गर्नुभएको छ । गौतमले ०७९ भदौ ११ गते ‘बृहत्तर नेपाली शब्दकोश’ विमोचन गर्नुभएको थियो ।